एमालेको अवरोधले आज पनि प्रधिनिधिसभा बैठक चल्न सकेन, अर्को बैठक साउन २९ गते
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १३:४०:२८
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको अवरोधका कारण शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक क्षणिक चलेर स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै एमालेका सांसदहरुले क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नसक्ने भन्दै कुर्सीबाट उठेर विरोध जनाएका थिए । बैठकमा सुरुमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले उच्च स्तरीय समिति गठन नुहँदासम्म बैठक चल्न नदिने विषयमा एमाले अडिग रहेको बताए लगत्तै एमालेका सांसदहरु नाराबाजी गर्दै वेल घेराउमा उत्रिएका थिए ।
त्यसपछि सत्ता पक्षका सांसदहरुले पनि एमालेले बैठकमा पुर्याएको अवरोधको विरोधमा उत्रिए । उनीहरूले बैठकमा उठेर बोल्न समय दिन सभामुखसँग माग गरे । त्यसमा घिमिरेले पालैसँग बोल्न दिने र कुर्सीमा बस्न आग्रह गरेपनि दुवै पक्ष तयार भएनन् । लामाे समयसम्म पनि बस्न तयार नभएपछि सभामुख घिमिरे बैठक यही साउन २९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार