म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १७:२३:६
२६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने भएको छ । म्युचुअल फण्डले बजार विकासमा लक्ष्यअनुसार सहयोग नपुगेको जनाउँदै कोटा हटाउन लागिएको बोर्डले जनाएकाे लगानीकर्तालाई लगानीको वातावरण बनाउन लागि पनि कोटा हटाउनुपर्ने अवस्था आएको बाेर्डकाे दाबी छ ।
नेपाली पुँजी बजारमा म्युचुअल फण्डलाई एक उपयुक्त लगानी उपकरण मानिन्छ । याे फण्ड दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने आधारकाे रूपमा लिइन्छ । केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ ।
यसअघि बोर्डले चालू आवको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलाई म्युचुअल फण्डलाई दिँदै आएको कोटा हटाउन सुझाव दिएको थियो । म्युचुअल फण्ड शेयर बजारमा ज्ञान नभएका लगानीकर्तालाई लगानी सुरुवात गर्ने माध्यमको रुपमा लिइन्छ । यसबाट उनीहरुले सुरक्षित लगानी गर्न सक्छन् । फण्डमा हरेक कम्पनीको प्राथमिक निष्कासनको ५ प्रतिशत शेयर छुट्याइएको हुन्छ ।
नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ ।
यसैबीच सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड भने बढाउने तयारी बोर्डले गरेको छ । ठूल्ठूला कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्दै आइरहेको १० प्रतिशतलाई बढाउने तयारी गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु
बैशाख १६, २०८१ आइतबार
न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित
बैशाख १६, २०८१ आइतबार
इलाम- २ को मतगणना ११ बजेदेखि हुने
बैशाख १६, २०८१ आइतबार
सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बैशाख १६, २०८१ आइतबार
सहिद लखन थापाको सालिक निर्माण
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार