रबि लामिछाने अमेरिकी एजेन्ट भएको नेकपाको गम्भीर आरोप
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १७:५८:४७
२६ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पार्टीको संसदीय दलका नेता रवि लामिछाने अमेरिकी एजेन्ट भएको गम्भीर आरोप लगाएको छ । उसले लामिछाने नेपाली जनताको प्रतिनिधि नभई नेपालमा राजनीतिक अस्थिरता ल्याउन अमेरिकाले खडा गरेको एजेन्ट भएको बताएको छ ।
उपत्यका ब्यूरोद्वारा काठमाडौंमा आयोजित ध्रुवीकरण (पार्टी प्रवेश) कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य चरिन पुन ‘मिलन’ले लामिछाने नेपाली जनताको प्रतिनिधि नभएको ठोकुवा गरे । उनले अमेरिकी साम्राज्यवाद नेपालभित्र विभिन्न रुपबाट प्रवेश गर्न खोजिरहेको र त्यसमध्ये रास्वपा पार्टी भएको बताए । उनले भने, ‘अमेरिकाले नेपालभित्र आफ्नो साम्राज्य बलियो बनाएर प्रभुत्व जमाउन रवि लामिछाने जस्ता पात्रलाई अगाडि सारेको छ । देशभित्र थुप्रै एजेन्टहरु जबर्जस्त खडा भएका पनि छन् । यस विरुद्ध लड्न नेकपा र माेर्चा तयार रहेको छ ।’
नेता मिलनले विश्वयुद्ध कम्युनिष्टका कारण नभई साम्राज्यवादी कारण भएको बताउँदै अहिले साम्राज्यवाद–साम्राज्यवाबीचको अन्तरविरोधका कारण विश्वमा युद्ध चलिरहेको बताए । अहिले नेपाल समाजवादको दिशातिर अगाडि बढिरहेको बेला त्यसलाई रोक्न अमेरिकाले रविहरु जस्ता पात्रहरूलाई योजनावद्ध रुपमा खडा गरेर राजनीतिक अस्थिरता पैदा गराइरहेको बताए ।
विदेशीको यही चाल बुझेर समाजवादी मोर्चा गठन भएको उनले बताए । अमेरिकी एजेन्टलाई ठेगान लगाउने काम मोर्चाले मात्र गर्न सक्ने उनको भनाइ थियो । विकासका नाममा अमेरिकाले एमसीसी र एसपीपी लगायतका योजना नेपालभित्र लागू गराउन खोजेको बताए । यसलाई रोक्न मोर्चाले सशक्त रुपमा अग्रपंक्तिमा रहेर प्रतिकार गर्ने बताए । मोर्चामा देशभक्त, राष्ट्रवादी र कम्युनिष्ट शक्ति गोलबन्द हुनुपर्नेमा उनले जोड दिए ।
नेता लामिछाने नेपाल छाडेर अमेरिकी नागरिक भएर लामो समय अमेरिका बसेर पछिल्लो सयममा अमेरिकी नागरिकता त्यागेर नेपाल आएका व्यक्ति हुन् । नेपालभित्र टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका उनले आफ्नो नेतृत्वमा गत असारमा रास्वपा गठन गरेका थिए । पार्टी सभापति भएकै बेला नेपाल र अमेरिकाको दोहोरो नागरिकता कसुरमा तानिएपछि सभापति पद र गृहमन्त्री पद समेत गुम्न पुगेको थियो । पछि सर्वोच्च अदालतको आदेशमा नेपाली नागरिकता पुन ः प्राप्त गरेका थिए ।
नागरिकता मुद्दाका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत रास्वपाको चुनाव चिन्ह घण्टी अमेरिकाका राजनीतिक दलको चिन्हसँग मिलेको भन्दै आलोचना गरेका थिए । गत मंसिर ४ मा भएको आम चुनावबाट २० र बैशाख १० मा भएको उपचुनावबाट १ गरी रास्वपाले प्रतिनिधिसभामा महत्वपूर्ण स्थान हासिल गरेको छ । रास्वपासँग अहिले २१ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार