समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १३:५३:४४
मुना न्यौपाने
२८ साउन, काठमाडाैं । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नुपर्नेमा जोड दिएका छन् ।
रोशी वाङ्मय प्रतिष्ठानले साउन २७ गते काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले सो कुरा व्यक्त गरेका हुन् ।
रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टिपि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्ववडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
संस्थाका सचिव यन्त्रनाथ खनालद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राखेका थिए, भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्थानीय कविहरु हरिकृष्ण सिलवाल र भैरवकुण्ड संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले सुन्दर कविता वाचन गरेका थिए ।
भेलाले टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ । उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष, अनिता शिल्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईँ, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार