काठमाडौंमा बंगलादेशी कामदारलाई ‘बन्धक’ बनाउने नेपालीसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १६:६:३९
२८ साउन, काठमाडौं । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउने भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएको आरोपमा सीआईबीले २ नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ जना बंगलादेशी छन् ।
पक्राउ परेका उनीहरुलाई सीआईबीले आइतबार सार्वजनिक गरेको छ । आरोपीहरुले पीडितहरुबाट लाखौं रुपैयाँ फिरौती समेत लिएको खुलेको सीआईबीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
उनीहरुले धेरै पैसा कमाई हुने प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई काठमाडौंमा ल्याइपुर्याएर बन्धक बनाएको पाइएको छ । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानका होटलहरुबाट पक्राउ गरिएको हो । आरोपीमध्ये ३ जना महिला छन् ।
पक्राउ पर्ने नेपालीहरुमा इलामको चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली रहेकी छन् ।
अन्यमा बंगलादेशका जहाङ्गिर आलम, ताहमिना बेगम, अमिर हुसेन, मोहम्मद मोसिह्युर र सलिम मियाँ रहमान रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार