निरन्तरको झरीले गाउँको जनजीवन कष्टकर
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १६:१५:५६
२८ साउन, भोजपुर । निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरकाठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ ।
सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
“निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ”, उनले भने, “नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ । बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पु¥याउन सक्ने अवस्था छैन ।”
भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए । बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उनको भनाइ थियो । “बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ”, उनले भने, “निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरो गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।”
अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताए । “बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ”, उनले भने, “उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन् ।” लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ । बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार