चिकित्सक रञ्जित कुमारको शैक्षिक प्रमाणपत्र सक्कली भएको पुष्टि
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १७:१६:३७
२८ साउन, काठमाडौं । शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका चिकित्सक डा. रञ्जितकुमार यादवको शैक्षिक प्रमाणपत्र सक्कली भएको पाइएको छ ।
अनुसन्धानका क्रममा दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका उनी सक्कली चिकित्सक भएको पुष्टि भएका हुन् । महोत्तरीको पिपरा–८ घर भएका उनलाई नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा अनुसन्धान गर्न सीआईबीको टोलीले गएको बिहीबार काठमाडौंबाट पक्राउ गरेर हिरासतमा राखेर अुनसन्धान गरिरहेको छ ।
शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धानका लागि सीआईबीले ‘फोक्सट्रोट चार्ली’ नाम दिएर अपरेशन नै चलाइरहेको छ । डा. यादवको नाम उस्तै नाम गरेका व्यक्तिसँग जुधेको, तर उनको नेपाल मेडिकल काउन्सिलमा बुझाएको प्रमाणसम्बन्धी कागजातका सक्कली पाइएको काउन्सिलले जनाएको छ । आरोपी रञ्जितकुमारको शैक्षिक प्रमाणपत्रका बारेमा सीआईबीलाई पत्र लेखिपठाएको काउन्सिलको भनाइ छ ।
ब्युरोले ‘फोक्सट्रोट चार्ली’मार्फत नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।
शर्मालाई जिल्ला अदालतको शुक्रबारको आदेशले सीआईबीले तारेखमा थुनाबाहि राखेर अनुसन्धान गरिरहेको छ । अन्य, ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । हाल रञ्जितकुमार डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापा छन् हिरासतमा छ्न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार