माओवादी बैठकमा महरालाई जेल जान तयार हुनुस् भनेपछि.......
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार २२:४२:५८
२८ साउन, काठमाडौं । चिनियाँ नागरिक दावजिन वाङ मार्फत इलेक्ट्रिक सिगरेट (भेप)मा आएको सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएपछि प्रचण्डले को को जोडिएको हो जेल जान तयार हुनुस् भनेका छन् । भेप मार्फत नेपालमा नौ किलो सुन ल्याएको प्रकरणमा नाम जोडिएका सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम आएपछि प्रचण्डले बैठकमा यस्तो भनेको स्रोतले जनाएको छ । प्रचण्डको यस्तो भनाई आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिन जाने बताइएकाे छ ।
पदाधिकारी बैठकमा जेल जाने कुरा उठेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बयान दिन जाने बताएर महरा लुम्बिनी हुँदै दाङ पुगेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआईबीमै पुगेर बयान दिन तयार रहेको’ बताएका थिए ।
बैठकमा महरा सहभागी थिएनन् । बैठकमा प्रधानमन्त्री दाहालले सरकार सुन तस्करी लगायतका संगठीत अपराध छानविनमा प्रतिबद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैंले यसबारे प्रष्ट पार्नु पर्ने बताएका थिए । ‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैंले आफ्नो संलग्नताबारे प्रष्ट पार्नु हेला, नभए जेल जान तयार हुनुहोला’, प्रधानमन्त्री प्रचण्डको भनाई उद्यत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए । श्रेष्ठले पनि साथीहरू भएपनि यस्तो अवस्थामा काम गर्न कठिनाइ भएको र सुरक्षा निकायले काम गर्न चाहेको खण्डमा साथीहरूले सहयोग गर्नुहोला भन्दै पन्छिएका थिए ।
आफ्नै नेताहरूको कारण सरकार र गठबन्धन धरापमा परेको जनाउँदै प्रचण्डले कांग्रेसले अब त्यसै नछाड्ने भएकाले सरकारबाट फिर्ता हुनसक्ने संभावना पनि रहेको बताएका थिए । ‘सरकारमा कांग्रेस पनि सहभागी भएको छ ख्याल गर्नुहोला, भ्रष्टाचारको फाइल खोल्दा को को पर्छन कसैले ख्याल गरेको छैन, सरकारी कागजातले को को समाउनु पर्ने हुन्छ ध्यान दिनु होला’, प्रचण्डको भनाई उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार