बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरी, जनप्रतिनिधि र स्थानीय जुटे
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १२:५४:९
२९ साउन, बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।
गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो । प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्याएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि बाढीको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेका छन् ।
अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिकस्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ ।
बाढीले कागबेनीमा रहेको एनएमबी बैंक रहेको घर र जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति पु¥याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए ।
“रातमा बाढी आएपछि भागदौड गरेर स्थानीय ज्यान जोगाउन सफल भए, बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ, क्षतिको विवरण सङ्कलन भइरहेको छ, घरबारबिहीनको आपतकालीन बसोबासका लागि पहल गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । बाढीले घरबारविहीन भएकाको आपतकालीन बसोबासको व्यवस्था मिलाउनसमेत गाउँपालिका र जिल्ला सुरक्षा समितिले आवश्यक तयारी अगाडि बढाएका छन् ।
बाढीले घरहरु बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ । त्यसैगरी बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोमकोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ । पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्कविच्छेद भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार