महाकालीमा पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १३:३:७
२९ साउन, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि 'वनबासा पुल शारदा ब्यारेज' मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।
भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए।
“बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो”, उनले भने, “अहिले पैदलयात्रु र दुई पाङ्ग्रेसवारीसाधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्नेगर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार