एमालेको अवरोधपछि भदौ ३ गतेसम्मका लागि संसद बैठक स्थगित, सदनलाई हाइज्याक गरियोः रास्वपा
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १५:४८:३०
२९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका हुन् । सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए । त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।
शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए । शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए । एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गरेका थिए । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै राईले विरोध जनाएका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद हाइज्याक भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको बताएको हो ।
सभापति लामिछानेले भने संसद हाइज्याक भयो । एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्रोष व्यक्त गरेका हुन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो । रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदमा प्रतिपक्षलाई बोल्न नदिएर विभेद गरिएको बताए । सभामुखले नियमित तालिका अनुसार सदन चलाउन खोज्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार