प्रधानमन्त्री प्रचण्डसँग व्यवसायीको आग्रह, ‘हाम्रो मनोबल खस्किएको छ तत्कालै आवश्यक कदम चाल्नुस’
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १७:५३:११
२९ साउन, काठमाडौं । उद्योग व्यसायीका तीन वटा छाता संस्थाले उद्योगी व्यवसायीको मनोबल खस्किएको भन्दै तत्कालै आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायी मात्रै नभएर सर्वसाधारणको समेत आत्मविश्वास घट्दा विश्वास गुमेको बताएका छन् ।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले जग्गाको कित्ताकाट नखुल्दा घर निर्माणका गतिविधि रोकिई निर्माण उद्योग प्रभावित भएको गुनासो निजी क्षेत्रले गरेको थिए । ‘कित्ताकाट खुलाउने निर्णय वैशाखमै भए पनि अहिलेसम्म कार्यान्वयन नभएको कुरा राख्दा प्रधानमन्त्रीले भोलिदेखि नै यो निर्णय कार्यान्वयन हुने बताएका थिए । यसपछि प्रधानमन्त्री प्रचण्डले जग्गामा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने बताए । सोमबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग गरेको छलफलका क्रममा उनले कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायतलाई सँगै राखेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र पदाधिकारीहरुसँग सिंहदरबारमा छलफल गरेका थिए ।
सो क्रममा प्रधानमन्त्रीले जनता र व्यवसायीको मनोबल उकास्न सरकार तथा निजी क्षेत्रलगायतले मिलेर काम गर्नुपर्ने बताएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रको माग पूरा गर्न नियामक निकायहरुबाट समयसापेक्ष निर्णय हुने पनि बताएका छन् ।
छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा कार्यविधिमा संशोधनका लागि नेपाल राष्ट्रबैंक सकारात्मक रहेको पनि बताएका छन् । तर, शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमालाई हटाउन वा बढाउन भने अहिले कठिन रहेको उनको धारणा छ । अहिले ५० लाख रुपैयाँसम्मको यस्तो कर्जामा जोखिम भार १ सय प्रतिशत ल्याइएकोमा सबै कर्जामा यस्तो व्यवस्था गर्न निजी क्षेत्रले सुझाव दिएको थियो ।
सोमबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–‘मुलुकमा सर्वसाधारणको आत्मविश्वास घटेको छ भने व्यवसायीको मनोबल गुमेको छ । सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसक्दा यो समस्या आएको हो । सरकारको राजश्व १३ प्रतिशत घटेको छ, मुल्यवृद्धि गत आर्थिक बर्षभरि नै सात प्रतिशत हाराहारी रह्यो भने व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशतभन्दा तल झरेको छ ।’
ज्ञापनपत्रमा रेमिट्यान्स आप्रवाह र पर्यटक आगमन बढ्दा पनि बजारमा माग सिर्जना हुन नसक्नुको मुख्य कारण व्यवसायी र सर्वसाधारणको विश्वास गुम्दै जानु रहेको ठहर गरिएको छ । ‘सरकारको पूँजीगत खर्च ६० प्रतिशत हुने गरेका कारण ठूलो रकम परिचालन भैरहेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उच्च ब्याजदर, चालु पूँजी कर्जा मार्गदर्शन र बैंकहरुको पूँजीकोष सम्बन्धि व्यवस्थाका कारण वित्तीय संस्थाहरुबाट रकम प्रवाह हुन सकेको छैन ।’
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन संयुक्त प्रयास आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीबाट सर्वसाधारणको आत्मविश्वास बढाउने गरी काम गर्ने प्रतिवद्धता आएको जानकारी दिए । ‘हामीले राखेका सुझाबलाई कार्यान्वयन गर्ने प्रधानमन्त्रीज्यूबाट प्रतिबद्धता आएको छ,’ ढकालले भने, ‘अहिलेको कठिन परिस्थितिमा निजी क्षेत्रको विश्वास लिएर अघि बढ्ने बचन समेत दिनुभएको छ ।’
यस्तो छ ज्ञापनपत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
पुष २२, २०८१ सोमबार
क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने
पुष २२, २०८१ सोमबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार