बामपन्थी नेता मणि थापालाई पार्टीबाट बिदा गर्दै एमाले
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १३:०:४३
३० साउन, काठमाडौं । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य मणि थापालाई निस्कासन गर्ने भएको छ । उनी लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र निष्क्रिय समेत भएकाे विषयमा उनीसँग सोधपुछ गर्ने र चित्त बुझ्दो जवाफ नआए पार्टीबाट विदाई गर्ने भएको छ ।
सचिवालय बैठकले एमालेबाट विदा गर्नुभन्दा पहिलो थापासँग एक पटक सोधपुछ गर्ने निर्णय भएको एक एमाले नेताले नेपालबहसलाई बताए । पार्टीबाट हटाउने कि उनी आफै निस्कने भन्ने कुराको टुंगो गर्न महासचिव शंकर पोखरेललाई थापासँग सोधपुछ गर्ने भनिएको छ । पार्टीका अरू नेताहरूलाई फरक भूगोलको जिम्मा दिँदा उनी बिदामा बसेका थिए ।
पार्टी काममा नआउने र निष्क्रिय रहनेहरूलाई बिदा गर्ने रणनीति अनुरूप थपालाई अन्तिम पटक सोध्न लागिएको हो । उनले एमालेमै रहेर नेकपा एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने बताउँदै आएका छन् । एमालेजस्तै नेकपा माओवादी लगायतका कुनै पनि पार्टी काम नलाग्ने भएकाले विद्रोह गरेर नयाँ वामपन्थी पार्टी बनाउनुपर्ने भनाइ थापाले राख्दै आएका छन् ।
अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्ट हुन् । अहिले म एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो’ काभ्रेको पनौतीमा आयोजित एक अन्तरक्रियामा उनले भनेका थिए । त्यस यता उनी एमालेमा निष्क्रिय रहँदै आएका छन् ।
माओवादीबाट विद्रोह गरेर रामबहादुर थापा बादलसँगै एमाले प्रवेश गरेका मणिले अब नयाँ वाम पार्टीको आवश्यकता रहेको बताउँदै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उनले विरोध गर्दै आएका छन् । एमाले भएको नाताले केपीले जे भने पनि विरोध गर्न मिल्दैन भन्दै उनले पार्टीभित्र नै विरोध गर्दै आएका थिए । यसैले थापालाई पार्टीबाट विदा गर्ने तयारीमा एमाले पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार