सांसद शर्माको सर्टिफिकेट छानबिनको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १७:६:५६
३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माको शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीले मंगलबार काठमाडाैंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
शर्माको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गर्न सीआईबीले शर्मालाई गएको बिहीबार मात्र पक्राउ गरेको थियो । तर काठमाडौं जिल्ला अदालतले तत्काल प्रमाण, सबुद नष्ट गर्न सक्ने अवस्था नदेखिएको भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्न भनेपछि तारेखमा रिहा भएका छन् ।
उनीमाथि अनुसन्धान भने सीआईबीले गरिरहेको छ । प्रदर्शन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गरेको हो । रिहा भएपछि भने शर्माले आफूलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको माग गर्दै आएका छन् ।
शर्माले भारतको बिहारका कलेजमा अध्ययन गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको नेपाल मेडिकल काउन्सिलको दाबी छ । काउन्सिलकै पत्रका आधारमा शर्मा पक्राउ परेका थिए ।
कानुन बनाउने थलोमा पुगेका सांसद नै कीर्ते प्रमाणपत्र धारी भएको भन्दै कारवाहीको दायरामा ल्याउनुपर्ने प्रदर्शनकरीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार