गर्मी र बर्खाको समयमा बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ?
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार ११:४०:९
३१ साउन, टीकापुर । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।
कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौं परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।
“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उनले भने, “१६ दिन बित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।”
बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । “मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भने, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।”
जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताए ।
लामो समयदेखि विद्युत नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए ।
“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार