प्रधानमन्त्री प्रचण्डले गरे आईजी र विमानस्थल सुरक्षा प्रमुखसँग छलफल
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १७:४:३५
३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीलाई बुधबार दिउँसो सिंहदरबारमा बोलाएर छलफल गरेका छन् ।
तीन जनाबीचको छलफल सकेपछि सुरक्षा, भन्सारसँग सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव, विभागका प्तारमुख, सुरक्षा निकायका प्रमुख लगायतकाे बैठक बसिरहेकाे छ ।
गत साउन २ गते हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकलको ब्रेकशुमार्फत भन्सार छलेर भित्रिएको तस्करीको क्विन्टल सुन भन्सार विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन मंगलबार मात्र पगालेर जोख्दा ६० केजी ७१६ ग्राम ठहरिएको थियो । सुन तस्करीबारे प्रधानमन्त्रीको निर्देशनपछि भन्सारको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका छन् । जसमध्ये ९ जना चिनियाँ नागरिक छन् ।
सुन लगायत अवैध रुपमा भित्रिने सामान चेकजाँच गर्न एक्सरे मेशिन राखेको अवस्थाबीच पनि अवैध रुपमा क्विन्टल मात्रामा सुन तस्करी भएपछि प्रधानमन्त्रीले सुरक्षाबारे गम्भीर चासो देखाएका छन् । क्विन्टलभन्दा अगाडि विद्युतीय चुरोट (भेप)का लुकाएर तस्करी भएको भनिएको ९ किलो सुन प्रकरणमा प्रचण्डको आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएपछि अनुसन्धानको विषय नै पेचिलो बन्दै गएको अवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा महराको बाबु–छोराको नाम मुछिएको भन्दै अनुसन्धान अघि बढाउने बताउँदै आएका छन् । प्रकरणमा विभिन्न व्यक्ति पक्राउ परेपनि महराका बाबु–छोरामाथि अनुसन्धान हुन नसक्दा प्रधानमन्त्रीको समेत आलोचना भइरहेको छ ।
सुरक्षा जाँचमा तस्करीको सेटिङ भएको भन्दै एमालेका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा समेत माग गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार