‘हत्या’ गरिएका आरती साहका परिवारको मागबारे आयोगले देखायो चासो
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १८:०:४८
३० साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘हत्या’ गरिएका धनुषाकी आरती साहका परिवारका सदस्य र वैवाहिक ‘बलात्कार’की पीडित आरती रावलको मागबारे गम्भीर चासो देखाएको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै निरन्तर अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।
आरतीको आत्महत्या नभई दाइजो नल्याएका कारण परिवार मिलेर हत्या गरेको भन्दै उनकी आमा, बाबु र बहिनी महिनौदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन बसिरहेका छन् । हत्याबारे माइती पक्षले दिएको जाहेरी समेत प्रहरीले दर्ता र दोषीलाई पक्राउ गर्न प्रहरीले नमानेको भन्दै पक्राउका लागि अनसन बसेका हुन् ।
आरतीलाइ माइतीबाट दाइजाे नल्याएकाे निहुँमा देवर, सासु लगायत मिलेर हत्या गरी आत्महत्या गरेकाे देखाउन झुण्ड्याइएकाे माइती पक्षकाे दाबी छ ।
धर्नामा बसिरहेका व्यक्तिहरुको स्वास्थ्यमा गम्भीर असर पर्दै गइरहेको समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । ‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै, त्यस्तै वैवाहिक ‘बलात्कार’का पीडित आरती रावलको मागबारे आयाेगले सरकारकाे ध्यानाकर्षण गराएकाे छ । उनले आफूमाथि वैवाहिक ‘बलात्कार’ भएकाे भन्दै दाेषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसिरहेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार