लतिलानिवास प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा, बाँकीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
नेपालबहस संवाददाता
साउन ३१, २०८० बुधबार १८:३०:३७
३१ साउन, काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवास जग्गाको हिनामिना प्रकरणमा सीआईबीले पक्राउ गरेको आरोपीहरुमध्ये दुई जना जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका छन् ।
हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्व प्रमुख लोकहरि घिमिरेलाई अदालतले स्वास्थ्यावस्थालाई ध्यान दिँदै मुद्दा पेस गर्दा उपस्थित गराउने गरी रिहा गर्न बुधबार आदेश दिएको हो । उनीहरूलाई अनुसन्धानमा म्याद थप गर्न आज अदालतमा पेश गरिएको थियो ।
अन्य आरोपीहरुलाई भने थप ५ दिनमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सीआईबीलाई अनुमति दिएको छ । सरकारी कागजात कीर्ते कसुर र संगिठ अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।
संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले आरोपीहरुलाई ६० दिन हिरासतमा राख्न पाउने व्यवस्था छ । पक्राउ परेका मध्ये केहीका ५० दिन पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार