आङटावासहित १० जनाको रिटमाथि सकियाे उच्च अदालतमा सुनुवाइ
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १२:४६:७
३२ साउन, ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्व .सांसद आङटावा शेर्पा, निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जना प्रतिवादीहरुको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ ।
कारागार थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध शेर्पासहित १० जनाले दायर गराएका रिट निवेदनमाथि बिहीबार न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा आज सुनुवाइ भएको हो । आदेश आजै आउने संभावना छ ।
उनीहरुले आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको बदरको माग गरेका छन् । रिट निवेदन दायर गराउनेहरुमा पाण्डे, शेर्पा, नरेन्द्र केसी, सानु भण्डारी, डा. इन्द्रजित राई, हरिभक्त मर्हजन, लक्ष्मी मर्हजन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरी छन् ।
जिल्ला अदालतको आदेशमा गएको असार १ गतेदेखि उनीहरुलाई हाल केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागार ललितपुरमा राखिएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका उडाउने योजनासाथ करिब ८ सय नेपालीसँग जनही ५ लाख रुपैयाँसम्म उठाएर ठगी गरेको आरोपमा मुद्दा चलेको थियो । मुद्दामा उनीहरुविरुद्ध झण्डै २७ करोड रुपैयाँ बिगो र जरिवाना र कैद सजायको माग गरिएको छ ।
सोही प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी समेत जेल मुद्दा पूर्पक्षका लागि परेका छन् । प्रकरणमा उजुरी पर्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार मात्र १० जना पीडितले आफूहरुलाई थुनामा हाल थुनामा रहेका आरोपीहरुले २ करोड भन्दा बडी ठगी गरेको भनी काठमाडौंमा प्रहरीमा उजुरी दिएका छन् ।
सोही प्रकरणमा एमालेका नेता समेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थुनामा रहेका राईका छोरा निरज लगायत ११ जना अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार