पार्टीका कुनै पनि तहले गर्ने कार्यक्रममा अध्यक्ष ओलीबाहेक कसैको पनि फोटो राख्न नपाइने एमालेको सर्कुलर
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १३:४५:३९
३२ साउन, काठमाडौं । नेकपा एमालेले अबदेखि पार्टीका कुनै पनि कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीबाहेक कसैको पनि फोटो राख्न नपाइने सर्कुलर जारी गरेको छ । सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न पार्टीका सबै निकायलाई परिपत्र गरेको छ । सोमबार बसेको पार्टी सचिवालयले गरेको निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्न पाइने नियम बनाइएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गरेको बताएका छन् । ओलीको यो निर्णयको सबैले स्वागत गरेको उल्लेख गरेका छन् । एमालेका कार्यक्रममा भद्दा आसन ग्रहण निषेध, फूलमाला र खादा निरूत्साहित गर्न यस्तो निर्णय गरिएको हो ।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताएका छन् । त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय पनि भएको उनको भनाई छ ।
उपमहासचिव रिमालले कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको पनि उल्लेख गरेका छन् । पार्टी अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गर्न यस्तो निर्णय गरेको रिमालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार