जुनसुकै भ्रष्टाचार छानबिनमा कांग्रेसको साथ रहन्छ : नेता केसी
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १७:४४:५८
३२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारले गर्ने जुनसुकै भ्रष्टाचारको छानबिनमा कांग्रेसको साथ रहने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेकाे सार्वजनिक लेखा समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी, ललिता निवास जग्गा हिनामिना, भुटानी शरणार्थी प्रकरणको छानबिनमा सरकारलाई सहयोग गरिरहेकाे समेत बताए । भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई कही कतौबाट अवरोध र असयोग हुन नहुने नेता केसीले प्रष्ट पारे ।
एमालेका सांसदहरूले भने बैठक बहिष्कार गरेका छन् । नेता सभापति समितिका सभापति हुन् ।
एक प्रसंगमा उनले गलत समयमा पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेको र यसले निरंकुश प्रवृति विकास हुने त होइन ? भन्ने प्रश्न उठेको बताए । मुलुकले भ्रष्टाचार र तस्करीको अखडा हुनबाट जोगाउन वर्तमान सरकार प्रतिवद्ध रहेको समेत उनले बताए ।
सरकारले गिरिबन्धु टी स्टेट जग्गा प्रकरण, ओम्नी काण्ड, वाइड बडी प्रकरण लगायत ठूला काण्डहरुको फाइल खोल्ने बताउँदै आएको छ ।
शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा सीआईबीले गत बिहीबार पक्राउ गरेको थियो । तर जिल्ला अदालतले तत्काल प्रमाण नष्ट गर्न सक्ने अवस्था नदेखिएको भन्दै तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि तारेमा रिहा भएका थिए । हाल शर्मा तारेखा खेपिरहेका छन् । उनको शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार