शनिबार काठमाडौंका ५२ स्थानमा करिब ५ घण्टाका लागि विद्युत अवरुद्ध हुने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ९:४०:२५
१ भदौ, काठमाडौं । भोलि 'शनिबार' काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।
लप्सीफेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ । निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत सेवा अगावै सञ्चालनमा आउने छ पनि प्राधिकरणले जानकारी गराएको छ ।
विद्युत सेवा अवरुद्ध हुने क्षेत्रहरूमा सीतापाइला फिडर अन्तर्गत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ ।
यस्तै, बाफल फिडर अन्तर्गत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भर्याङ, बारुदखानालगायत ५४ स्थानहरू रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार