कोशीमा डेढ महिनापछि प्रदेशसभाको बैठक बस्दै, प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया सुरु गरिने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ९:४९:५०
१ भदौ, मोरङ । कोशी प्रदेशमा डेढ महिनापछि प्रदेशसभाको बैठक डाकिएको छ । चालु आर्थिक वर्षका लागि पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया सुरु गर्ने बैठकको कार्यसूची छ ।
आजको कार्यसूचीमा तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद गठन एवं मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको उल्लेख छ ।
उपसभामुख सिर्जना दनुवारले बिहीबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश २०८० र २०८०-८१ को सेवा र कार्यहरुका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृतिसम्बन्धी सूचना सभामा छलफल गरी अध्यादेश सम्बन्धमा निर्णय हुने कार्यसूचीमा उल्लेख छ ।
प्रदेशसभामा अध्यादेश पेस भएपछि तत्कालीन सभामुख गौतमले दुवै अध्यादेश अस्वीकार गर्न चाहने प्रदेशसभा सदस्यलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम ७२ घण्टाभित्र प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउन समय दिएका थिए । समय सीमाभित्र कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका छन् ।
यस्तै, माओवादीका नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र अहिलेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका छन् । अध्यादेश अस्वीकारको माग गर्दै प्रदेशसभा सचिवालयमा दुईवटा सूचना पत्र दर्ता भएका छन् ।
संविधानको धारा २०२ को उपधारा (२) को (ग) मा प्रदेशसभाको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार भदौ १० गतेसम्ममा प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण गराइसक्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यस्तो हुन नसकेको अवस्थामा अध्यादेश स्वतः निष्क्रिय भई प्रदेश बजेट शून्यतामा जाने भएकाले सत्तारूढ गठबन्धन र प्रतिपक्षी दल प्रतिस्थापन विधेयक पारित गराउन सहमत देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार