चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ असोजको पहिलो साता हुने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ११:९:१४
१ भदौ, चितवन । लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोजको पहिलो साता चितवनमा फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की'ले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए । अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरूलाई सम्मान गर्ने उनले बताए ।
'असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । कलाकारहरूसँग बसेर मिति तय गर्ने छौँ । छिट्टै मिति घोषणा हुन्छ,' उनले भने । चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उनले बताए । विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरू अघि बढिरहेको कार्कीले जानकारी दिए । 'अहिले नोमिनेसको काम तीब्र बनाएका छौँ,' उनले भने ।
चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनी बताउँछन् । वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार