नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा चितवन मेडिकल कलेजबाट १ विद्यार्थी पक्राउ
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ११:१४:०
१ भदौ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरिरहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)को टोलीले चितवनबाट एक विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नसिम अख्तर रहेको जनाइएको छ । सप्तरीको राजविराज नगरपालिका–७ घर भई हाल चितवन मेडिलकल कलेज (सीएमसी)मा एमबीबीएसमा अन्तिम सेमेष्टरमा अध्ययनरत उनलाई गएराति चिवतवनको भरतपुरबाट पक्राउ गरिएको हो । सीआईबीले नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने सूचनामा आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरी सीआईबीलाई जिम्मा लगाइएको चितवन प्रहरीले जनाएको छ ।
उनले सीएमसीमा काठमाडौंका एक निजी कलेजबाट आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र बुझाएको पाइएको छ । यसअघि एमबीबीएस अध्ययनका लागि भारतबाट नक्कली शैक्षिक प्रमाण ल्याएर पेस गरेको आरोपमा कांग्रेस सांसद गत हप्ता बिहीबार पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतको आदेशमा तारेखमा राखेर अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार