विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड, कर्मचारीको सुविधा बढाइयो (प्रतिवेदनसहित)
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १३:१३:५६
१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
घिसिङले प्राधिकरणले ७ वर्षदेखि नाफा कमाउँदै आएको बताए । समारोहमा उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको जानकारी दिए ।
हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेको घिसिङले बताए । आउँदो २ वर्षभित्र सबै जनतामा बिजुलीको पहुँच पुर्याउने लक्ष्य प्राधिकरणको रहेको उनले बताए ।
यस्तै, उनले समारोहमा प्राधिकरणका कर्मचारीहरुको सेवा र सुविधा पनि वृद्धि गरेको घोषणा गरे । उनका अनुसार हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको र महिला कर्मचारीलाई दिएको प्रसुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ । कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ भने कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ ।
प्राधिकरणले बिद्युत सवारीसाधन मात्र खरिद गर्ने नीतिलाई निरन्तरता दिको छ । विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ ।
कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने र प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरे । प्राधिकरण मातहतका प्रत्येक कार्यालयमा शिशु स्यहार केन्द्र स्थापना गर्ने बताए ।
समारोहमा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि अतिथि थिए । समारोहमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले बिजुली आन्तरिक रूपमा खपतपछि बाँकी रहेकाे अवस्थामा मात्र विदेशमा बेच्ने नीति सरकारले लिएकाे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार