वित्तीय बजारमा ५५ खर्ब १८ अर्बको तरलता प्रवाह, शोधनान्तर २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १४:५५:६
१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्बभन्दा बढी तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको गत आवको तथ्यांकमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल ५५ खर्ब १८ अर्ब १९ करोड कारोबारमा आधारित तरलता प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो ।
बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप संकलन बोलकबोलमार्फत २० अर्ब गरी कूल एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ ।
समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार वाणिज्य बैंकहरुबाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।
त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकांक खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकांक सकारात्मक छन् ।
सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको छ । अर्थात् गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६ दशमलव एक र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा आयात २४ दशमलव ७ र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो ।
गत आवको अन्त्यसम्ममा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ दशमलव ६ प्रतिशतले कमी आई सात अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड थियो ।
गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव दुई र अमेरिकी डलरमा १२ दशमलव एक प्रतिशतले बढेको छ । त्यस्तै, शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।
कूल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२ दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब छ ।
विसं २०७९ असार मसान्तमा २००९ दशमलव ५ को विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७ दशमलव १ को विन्दुमा कायम भएको छ । गत आवको असार मसान्तसम्ममा कूल धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार