जंगली च्याउ खाँदा आमाछोरीको ज्यान गयाे, बाबुको उपचार हुँदै
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १६:१३:५९
१ भदौ, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका–४ मैकुटी जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनीहरुको उपचारका क्रममा आमाको शुक्रबार बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
मृत्यु हुने मैकुटीकी २७ वर्षीयाँ ईश्वरी सुनार र उनकी ११ वर्षीया अस्मिता रहेको प्रहरीले जनाएको छ । साउन २९ गते उनीहरु जंगलमा भेटिएको च्याउ खाएका थिए । खाएलगत्तै परिवार ३ जनामा बान्ता हुने र बेहोस् क्रम सुरु भएपछि उपचारका लागि अस्पताल उद्धार गरी अस्पताल लगिएको थियो ।
छोरी अस्मिताको भने साउन ३१ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । ईश्वरीको श्रीमान अजयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार