मारवाडी समुदायलाई लक्षित गर्दै दुर्गा प्रसाईँले दिएको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण र निन्दनीय : मेयर सिंह
आबिद हुसेन
भदौ २, २०८० शनिबार १५:५२:१
२ भदौ, वीरगञ्ज । मारवाडी समुदायलाई लक्षित गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्ति प्रति वीरगञ्ज महानगरपालिकाले खेद प्रकट गरेको छ ।
वीरगञ्जका मेयर राजेशमान सिंहले शनिबार एउटा ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै मारवाडी समुदायलाई लक्षित गर्दै व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय विभिन्न मञ्च र सञ्जाल मार्फत दिएको अभिव्यक्तिलाई गैह्रजिम्मेवारीपूर्ण र निन्दनीय बताउँदै खेद प्रकट गरेका हुन् । उनले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न पनि अनुरोध गरेका छन् ।
‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईँको “मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको” भन्ने जस्ता गैह्रजिम्मेवारीपूर्ण सार्वजनिक अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछु,’ मेयर सिंहद्वारा जारी ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ । तसर्थ सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध छ ।’
मेयर सिंहले नेपालको अर्थतन्त्र चलायमान बनाउनेदेखि विभिन्न सामाजिक क्षेत्रमा समेत मारवाडी समुदायको उत्साहजनक सहभागिता रहेको बताएका छन् । ‘औद्योगीकरणकाे र व्यवसायीक लगानी मार्फत मुलुकमा रोजगारी सृजना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको कुरा सबैमा सर्वविदितै छ । त्यसका अलावा सामाजिक उत्तरदायित्त्व अन्तर्गत पर्ने अन्य क्षेत्रहरूमा पनि मारवाडी समुदायको उत्साहजनक सहभागिता रहँदै आएको छ ।’
प्रसाईँ नेतृत्वको समूहले पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समुदायको चरित्र हत्या गर्ने किसिमको अभिव्यक्ति दिँदै आएको छ । उनको समूहले बैङ्क वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गर्नुका साथै मारवाडी समुदायविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल राष्ट्रिय मारवाडी परिषदले प्रहरीमा उजुरी समेत दिएको छ ।
त्यस्तै उद्योगी तथा व्यवसायीहरूको छाता सङ्गठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पनि शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै मारवाडी समुदायमाथि लक्षित दुर्गा प्रसाईँको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गरेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार