आजदेखि सिनर्जी कम्पनीको हकप्रद शेयर खुल्याे
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार ११:१३:२
३ भदौ, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर खुला भएको छ ।
यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद शेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो ।
यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा आएको छ । उक्त हकप्रद शेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद शेयरमा सानिमा क्यापिटल बिक्री प्रबन्धक छ ।
हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार