जनै पूर्णिमाको गन्तव्य पाँच पोखरी [ फोटोफिचर ]
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:३०:११
३ भदौ, काठमाडौं । पाँच पोखरी, प्राकृतिक छटाहरु भरिपूर्ण पैदल गन्तव्य हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित पाँचपोखरीको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ । राजधानी काठमाडौँबाट करिब दुई दिनको यात्रा पछि पुग्न सकिने सो पोखरी ।
सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौंको जोरपाटीबाट पाँच पोखरीको लागि बस बिहानको ६ः३० बजे छुट्ने गर्दछ । सो बसले दिउँसोको १२, १ बजे पुराउँछ, छिन्ती बजार, जुन बस यात्राकाे अन्तिम गन्तव्य हो । छिन्तीमा खाना खाईवारी सुरु हुन्छ पैदल यात्रा । बाटो केही अप्ठ्यारो भएतापनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन । छिम्तीबाटको पैदल यात्रापछि उकालो हुँदै टुप्पी डाँडा टप खर्केमा भने बास बस्नुपर्ने हुन्छ ।
टपखर्क नोरसिन्गपाटी लौरिबिनाको यात्रा पछि भने पाँचपोखरी पुग्न सकिन्छ । एकै ठाउँमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनभरी फुलेका विभिन्न रंगका फूलहरूले सबैको मन भने अवश्य नै लोभ्याउने गदैछ । पाँच पोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। पूर्णिमाको दिन र रात भरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ ।
तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा स्थानीय भेषभूषा र भाषामा झाँक्री नाच हेर्न भने पाइन्छ । पाँच पोखरी, इन्द्रावती नदीको उद्गमस्थल पनि हो । यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ । पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार