लुम्बिनी प्रवेशद्वार सौन्दर्यीकरण गर्दै आर्टिष्ट संघ
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १६:३४:३७
३ भदौ, भैरहवा । लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटलाई युवा आर्टिष्टहरुले सौन्दर्यीकरणको जिम्मा लिएका छन । २०६६ सालमा बनेको प्रवेशद्वारलाई मनमोहक र हराभरा बनाउनका लागि नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समितिले पुष्पबाटिका निर्माणका लागि पुष्परोपण गरी यसको संरक्षण गर्ने जिम्मा लिएको हो ।
घासे मैदानको रुप लिएको गेट वरपरको क्षेत्रलाई सफा गरी युवाहरूले नगरको सुन्दरताको परिचय दिने गरी गेट वरपरको क्षेत्र सरसफाइ गरी मनमोहक गराउन पार्कमा फुलका विरुवाहरू रोपिएको जिल्ला कार्य समितिका अध्यक्ष उज्जवल कुमार दे कास्थले बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उप्रप्रमुख उमा अधिकारीले नगरपालिकाकोे ग्रिन सिटी क्लीन सिटी अभियान संचालन भइरहेको बेला आर्टिष्ट युवाहरूले अभियानलाई थप सार्थक बनाउन आफ्नै लगानीमा सौन्दर्यीकरणको काम गर्नु प्रशंसनीय रहेको बताए । उनले नगरभरि आर्टिष्टहरुले आफ्नो कला, सीप र प्रतिभाको प्रयोग गर्दै निर्माण गरेको मायाको चिनो प्रयोगमा ल्याए कलाकारहरूको कलाले मूर्त रुप लिने बताइन् ।
दैनिक थुप्रै कार्यक्रमहरू यहाँ हुन्छन् यसमा हामीले स्थानीय कलाकारहरूको उत्पादन प्रयोग गर्न सके आर्थिक रुपमा पनि कलाकारहरू सबल हुने र कलाको प्रदर्शन हुने उनले बताइन् । उनले नेपाललाई चिनाउने कला ओझेलमा परेको बताउँदै कलाकारहरूले नै विभिन्न निकायको सहयोगमा विद्यालय स्तरबाट पनि प्रशिक्षकहरु दिनु पर्ने बताउँदै यसमा नगरपालिकाले पनि सहकार्य गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा बोल्दै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले राजनीतिक दलको समति र सडक विभागको मापदण्ड अनुसार बनेको लुम्बिनीको पहिचान झल्किने गेट लुम्बिनी जाने बाटो भन्ने चिनाउनका लागि नै बनाएको बताए । दीर्घकालिन सोच राखेर युवाहरूले गरेको यो प्रयास धेरै राम्रो रहेकोले यसलाई निरन्तरता दिँदै संरक्षण र सम्वर्द्धनमा पनि ध्यान दिन आग्रह गरे ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सुन्दर, पर्यटकीय र बुद्धको नगरी भैरहवामा आर्टिष्टहरुले प्रशंसनिय योग्य काम गरेको बताइन् । राम्रो सोचका साथ संरक्षक रुपमा रहेकर प्रवेशद्वारलाई सौन्दर्यीकरण मात्रै होइन यस्को संरक्षण र सम्वर्द्धनमा अपनत्व लिने काम अर्टिष्ट संघले गरेको बताइन् ।
संघमा आवद्ध कलाकारहरु स्वतस्फुर्त रुपमा नगरको पहिचानलाई सौन्दर्यीकरण गर्नुपर्छ भन्ने मान्यता राख्दै विगत २ साता देखि सरसफाई र गोडमेलमा लागेको संघका कोषाध्यक्ष विसन गुरुङले बताए । गेट वरपरको ग्रिनरी जोन हामीले सफा गरी आकर्षक गराउन कार्पेट ग्रास, फुलका विरुवा र बाह्रमासी फुलहरु रोपण गरेका छौ, यसलााई रोपेर मात्रै हाम्रो दायित्व पुरा नभएकोले यसको संरक्षणका लागि पनि नियमित रुपमा संघ लाग्ने प्रतिबद्धता जनाए ।
आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि संघको गठन गरेका हुन । आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले बताए ।
रुपन्देहीमा मात्रै सय बढि कला व्यवसायीहरु रहेका छन । यस संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाइसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार