विमानस्थलका कार्यालय व्यवस्थित गर्न समिति बन्न सक्ला तर, सुन प्रकरणको अनुसन्धान सीआईबीले गर्छः गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १७:८:३१
३ भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलका सरकारी कार्यालयहरूलाई व्यवस्ति गर्न नीतिगत अध्यायनका लागि समिति बनाउन सकिने भएपनि अहिलेलाई सुन तस्करी प्रकरणको छानविन सीआईबीले नै टुंग्याउने बताएका छन् । उनले सीआईबीले गहन अनुसन्धान गरिरहेका बेला यसलाई प्रभाव पार्ने गरी अर्को समिति नबन्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले तत्काल कुनै समिति नबन्ने बताएका हुन् । उनले संगठित अपराध अन्तर्गत अभियोजनका लागि ६० दिनको समय हुने, २० दिन राजस्व अनुसन्धान छानविनपछि जिम्मा लिएको र उसैले टुंगोमा पुर्याउने बताए । अभियोजनका लागि पाँच दिन सरकारी वकिलले लगाउने र बाँकी अवधिमा सीर्आबीले नै अनुसन्धान टुंग्याएर अभियोजन गर्ने उनको भनाइ छ ।
उनले त्यसपछि त्रिभुवन विमानस्थल, भन्सार कार्यालयहरू सबैलाई व्यवस्थित बनाउने सन्दर्भमा नीतिगत अध्ययनका लागि समिति बन्नसक्ने बताए । संसदको अवरोध खुलाउने विषयमा सर्वदलीय बैठकमा भएको छलफल सकारात्मक दिशातिर गएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनु भएकाले ठोस निष्कर्षमा पुग्न नसकिएको भन्दै उनले सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ बताए ।
उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने दाबी गरे । उनले भने, ‘मैले संसदमा सम्बोधनमै यो विषय प्रष्ट राखिसकेको हुँ, हामी कहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनका लागि ६० दिनको समय हुन्छ । त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिनको समय गुजारिसकेको छ । अब बाँकी रहेको ४० दिन हो, त्यसमा पनि सीआईबीले नै काम गर्ने भनेको ३५ दिन मात्रै हो । मलाई लाग्छ, सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्याउँछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार