सीआईबीले बुझाएन ललितानिवास प्रकरणको अनुसन्धान प्रतिवेदन
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १८:४०:४०
३ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासभित्रको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरु माथिको तयार पारिएको मिसिल (प्रतिवेदन) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुझाएन ।
सीआईबीले ५५ दिनदेखि अनुसन्धान गरिरहेको र उक्त अनुसन्धानको मिसिल आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको थियो ।
सीआईबीले जग्गा हिनामिना आरोपमा भाटकटेनी सुपरमार्केका मालिक मिनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सगठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्छ ।
प्रकरणमा हिनामिना सघाउ पुग्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले हालै दिएको आदेशलाई पूरा नगरीकनै सीआईबीले मिसिल बुझाउँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार