बोरामा राखी भारत लैजाँदै गरिएका दुई बच्चाको सशस्त्र प्रहरीद्वारा उद्धार
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार ११:५१:६
४ भदौ, काठमाडौं । दुई जना दुधे बालकलाई अपहरण गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सकुशल उद्धार गरेको छ । एक जना अपहरणकारी पनि पक्राउ गरिएको छ । आइतबार सीमा पार गरेर भारततर्फ लगिरहेका अवस्थामा बोरामा बच्चा रोएको आवाज आएपछि खोलेर हेर्दा २ वटा दुधे बालक फेला परेका थिए । उक्त बच्चा अपहरण गरी ल्याइएको पत्ता लागेको थियो ।
बाराको देवताल गाउँपालिका–३ अमुवाका शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा मातहतको बिओपी दक्षिण झिट्कैयाबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट सकुशल उद्धार गरेको हो ।
बच्चा अपहरणमा संलग्न बिहारको पुर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत– ४ आधापुर बस्ने वर्ष २२ का ताबरेज आलमलाई सशस्त्र प्रहरी पक्राउ गरेको छ । उद्धार गरिएका बच्चा र पक्राउ परेका अपहरणकारीलाई सार्वजनिक गरिएको छ । बच्चालाई आइतबार नै अभिभावकलाई बुझाइएको छ । अपहरणकारी आलमलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार