बयानको कागज बनाइयो तर प्रतिवादी बनाइएन
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार ११:५८:७
४ भदौ, काठमाडौं । चौतर्फी आलोचनापछि नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । आइतबार राति उनीहरूको निवासमै सीआईबीको टोली पुगेर बयान लिएको हो ।
प्रधानमन्त्रीद्वयसँग बयान नलिँदा फरारको सूचीमा राख्नुपर्ने र फरार सूचीमा राख्दा पछिसम्म असर पर्ने भनेपछि उनीहरूले सीआईबीलाई निवासमा बोलाएर बयान तयार गर्न लगाइएको हो । बाबुराम भट्टराईले आफूले बयान दिएको सामाजिक सञ्जालमा जानकारी दिएका छन भने नेपालसँग बयान लिएको सीआईबीले पुष्टि गरेको छ ।
मन्त्रिपरिषदबाट निर्णय गराउने मुख्य व्यक्तिसम्म अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सीआईबीका अधिकारीहरूले लिएपछि प्रतिवेदन बुझाउनुअघि बयान लिएको हो ।
बयानको कागज गराए पनि मुद्दामा नेपाल र भट्टराईलाई प्रतिवादी नबनाइ प्रतिवेदन बुझाउन लागिएको छ । बयान नलिँदा फरारको सूचीमा राख्नुपर्ने र बयान लिएपछि प्रतिवादी बनाएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, सरकारी साक्षीका रुपमा राखेर प्रतिवादी नबनाइएको बताइएको छ ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीले संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन २०२० को कीर्ते सम्बन्धी कसुर लगाएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान प्रक्रिया टुंग्याउनु अघि सीआईबीले दुई निर्णायाधिकारीहरु पूर्वप्रधानमन्त्री भट्टराई र नेपालसँग बयानको कागज मात्र बनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार