प्रदेशसभा बैठक सञ्चालनको जिम्मेवारी पाएका मन्सुरीले मत दिने भएपछि थापा नेतृत्वको सरकार सुरक्षित
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:५७:४०
४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएका छन् । प्रदेशसभा बैठकको अध्यक्षता गर्ने नेपाली कांग्रेसबाट निर्वाचित इसराइल मन्सुरीले पनि मत दिने भएपछि उनले विश्वासको मत पाउने भएका छन् । उपसभामुख सृजना दनुवारले मन्सुरीलाई सभा सञ्चालनको जिम्मेवारी दिएर काठमाडौं लागेपछि उनले ज्येष्ठ सदस्यका रुपमा बैठक सञ्चालन गर्ने भएका छन् ।
सत्तारुढ गठबन्धनको बैठकले मन्सुरीले बैठकको अध्यक्षता गरेपनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । उनले मत दिँदा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने छन् । उपसभामुखले बैठक स्थगित नगरी अनुपस्थित मात्र भएपछि विश्वासको मतमा असहयोग गरेको रूपमा सत्ता गठबन्धनले लिएको छ ।
कार्य व्यवस्था परामर्श समितिले आज दिउँसो ३ बजेका लागि बैठक राखेको छ । बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले जानकारी दिए । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।
प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ । तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार