खुलेआम प्रहरीकै वरिपरि घुमिरहेका आरोपी बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदनको फरार सूचीमा
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १५:५९:२७
४ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवासले चर्चित बालुवाटार जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई आज बुझाएको हो । आइतबार नै प्रतिवेदन बुझाउन भनिए पनि पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपालको बयान नलिएको भन्दै विरोध भएपछि रोकिएको थियो ।
सीआईबीले चारजना पूर्वमन्त्रीसहित सात जनालाई पनि फरार प्रतिवादी बनाएको छ । उनीहरूलाई प्रहरीले खोजी गर्दा नभेटिएकाले फरार सूचीमा राखिएको भनिएको छ । तर, उनीहरू प्रहरीकै अगाडि खुलेआम घुमिरहेका थिए । पूर्वमन्त्रीहरू विजय गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई फरार प्रतिवादी बनाइएको छ । उनीहरुबाहेक अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, भूमि सुधार मन्त्रालयका पूर्वसचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाई समेत फरार प्रतिवादी बनाइएको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरु विरुद्ध मुद्दा चलाएको थियो । तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भएका थिए । जोशीले गत साउन २६ गते नै आफू फरार नरहेको बताएका थिए । उनी सोमबार पनि बयानका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा हाजिर भएका थिए । तर सीआईबीले अनुसन्धान फाइल सरकारी वकिलकहाँ गइसकेको भन्दै बयान नै नलिई फर्काइदिएको छ । बयानका लागि पुगेका उनलाई मिसिलमा भने सीआईबीले फरार सूचीमै राखिदिएको छ ।
यसअघि साउन २१ गतेको सर्वोच्चको आदेश आएकै दिन सीआईबीले यी तीन मन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी जारी भइसकेपछि पनि सार्वजनिक कार्यक्रममा देखिएकाहरु सीआईबीले फरार भनेको छ । यस प्रकरणमा हाल जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साहसँग बयान लिएपनि फरार सूचीमा रहेका छन् ।
सीआईबीले लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको करिब २ सय ८४ रोपनी जग्गा हिनामिना गरेको कसुरमा संगठित अपराध मुद्दामा अनुसन्धान गरेको हो । १२ असारबाट आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले ५६ दिनमा अनुसन्धान सकेको हो । संगठित अपराध मुद्दाको ६० दिनभित्र अदालत टेकाउनुपर्ने प्रावधान छ । सोहीअनुसार प्रहरीको अनुसन्धान प्रतिवेदनलाई जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन गरेर ६० दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
सीआईबीले २३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । जसमध्ये पाँचजनालाई स्वास्थ्य अवस्थाका कारण हिरासत बाहिरै राखेर अनुसन्धान गरेको थियो । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चार सय ८ जनालाई पक्राउ गर्ने अनुमति लिएको थियो । तर सीआईबीले पक्राउ भने २३ जनामात्रै लिएर अनुसन्धान गरेको हो । यसअघि समेत सीआईबीले किर्ते सम्बन्धी अनुसन्धान गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले भने अनुसन्धान प्रतिवेदन अपूरो रहेको भन्दै फेरि अनुसन्धान गर्न फाइल फिर्ता पठाएको थियो ।
सीआईबीले पहिलो पटक किर्ते सम्बन्धी अनुसन्धान गर्दै २२ पुस २०७८ मा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो । तर, अनुसन्धान पूर्ण नभएको भन्दै सरकारी वकिलको कार्यालयले २६ पुस २०७८ मै अनुसन्धान प्रतिवेदन फिर्ता गरेको थियो ।
सीआईबीले दोस्रो चरणको संगठित किर्तेको अनुसन्धान तीन भागमा विभाजन गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जसमध्ये ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने भूमिकामा रामकृष्ण सुदेवी, शोभाकान्त ढकाल र गुरुङलाई राखेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । त्यस्तै दोस्रो भूमिकामा बिचौलियाहरुलाई फाइदा पुग्ने गरेर किर्ते गरेर जग्गा नामसारी प्रकरणमा जोडिएका मालपोत कार्यालयका कर्मचारी र टिकिन्छा गुठीका कर्मचारी तथा विभागीय मन्त्रीहरुलाई समेत दोस्रो भूमिकामा राखेर अनुसन्धान प्रतिवदेन तयार पारिएको छ ।
सीआईबीले टिकिन्छा गुठीमार्फत् ललिता निवासको चार रोपनी जग्गा रामकृष्ण सुवेदी र शोभाकान्तकै परिवारको नाममा रहेकोसमेत उल्लेख गरेको स्रोत बताउँछ । उनीहरूले श्रीमतीको नाममा दुई÷दुई रोपनी जग्गा राखेको खुलाएको छ । तेस्रो भूमिकामा भने बिचौलीयामार्फत् सरकारी जग्गा खरिद गर्ने समूहलाई राखिएको सीआईबीले जनाएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गरिएका ४ सय ८ जनामध्ये करिब २ सय जनालाई फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार