असोज ४ देखि १३ गतेसम्म साफ यू १९ फुटबल नेपालमा आयोजना हुने
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:३७:२९
४ भदौ, काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ ।
दक्षिण एसियाली फुटवल महासंघ (साफ)को तालिका अनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म गर्न लागेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता साहले उक्त प्रतियोगितामा नेपाललगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताए ।
उनले भने, ‘नेपाललगायत माल्दिभ्स,पाकिस्तान, भारत,भूटान,बंगलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको तयारीको लागि नेपाली यू १९ टोलीले मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा २०८० भदौ ४ (आजबाट ) प्रशिक्षण सुरु गरिसकेको छ ।’ यू १९ फुटवल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरु आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् ।
एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि एन्फाले २ करोड ७७ लाख ३२ हजार ८ सय रुपैयाँ बजेट लाग्ने अनुमान गरेको प्रवक्ता साहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार