अपराधी पृष्ठभूमि भएकाहरु सांसद निर्वाचित भएर आएकाले संसदलाई अमर्यादित बनाउने काम भयोः ओली
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १७:१४:५१
४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधी पृष्ठभूमिकाहरु भूलचुकले सांसदमा निर्वाचित भएर आएकाले संसदमा अमर्यादित अभ्यासको विकास भइरहेको बताएका छन् । उनले एमालेका सांसदले सुन तस्करीलागयताका विभिन्न घटनाहरुको बारेमा बोल्न खोज्दा सत्तापक्षले हल्ला गरेर बोल्नै नदिएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताए । उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको दाबी समेत गरे ।
’हामी संसद् चलाऔं भन्ने चाहन्छौं तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ,’ ओलीले भने, ’सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।’
कार्यक्रममा उनले एमालेले नभइ सत्तापक्षले संसद अवरुद्ध पारिरहेको बताए । अहिले हामीले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ, हामीले तस्करी रोक्न भनेका हौं, ओलीले भने । उनले त्रिभुवन भन्सार मात्रै नभएर देशका विभिन्न स्थानबाट भएको सुन तस्करीसहितको छानबिन माग गरिएको दाबी गरे । उनले भने, ‘हामीले छानबिन समिति बनाऔं भनेका छौं । सरकारले भने जे भन्यो त्यही मान्ने प्रहरीलाई अनुसन्धान गराउन खोजेको छ । प्रहरीले भनेको नमान्दा सरुवा गर्ने गरेको छ ।’
उनले प्रायोजित रूपमा फाइलहरू खोलिने भनेर हल्ला चलाइएको पनि बताए । यसअघि एमालेले ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाएको सुनको जलहरी पित्तल भएको भन्दै सत्तारुढका सांसदको आरोप लगाएपछि संसद् अवरुद्ध पारेको थियो । त्यसपछि सांसदको भनाइ संसदको अभिलेखबाट हटाउने प्रमुख दलबीच सहमति भएपछि अवरोध अन्त्य भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार