सशस्त्रको चेन अफ कमाण्डमा गृहमन्त्रीको हस्तक्षेप, कारवाही गर्नुपर्ने डीआईजी खत्रीलाई मालदार बाहिनीमा सरुवा
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १२:३३:१५
५ भदौ, काठमाडौं । दलीय राजनीतिक स्वार्थ पुरा गर्न विभागीय मन्त्रालयको हस्तक्षेपले सशस्त्र प्रहरी बलको चेन अफ कमाण्ड नै बिथोलिने अवस्थामा पुगेको छ । हालै भएको सशस्त्रका डीआईजी र एसएसपीहरुको सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो हस्तक्षेपले कारबाही गर्नुपर्ने अधिकृतलाई मालदार बाहिनीमा र पुरस्कृत गर्नु पर्ने अधिकृतलाई रोजेर छाडिएका क्षेत्रमा पठाइएपछि यसले सशस्त्रमा निकै ठूलो हलचल ल्याएको छ ।
सशस्त्रको मुख्यालयले तयार पारेको सरुवाको लिस्टलाई फेरबदल गर्दै गृहमन्त्रालयले सरुवा गर्दा सशस्त्रको चेन अफ कमाण्डमा नै असर परेको सशस्त्रका वरिष्ठ अधिकारीहरूको भनाई छ । गृहमन्त्रीको ठाडो हस्तक्षेप भएपछि सशस्त्रका महानिरीक्षक राजु अर्यालले चेन अफ कमाण्ड अनुसार कारबाही प्रक्रियामा राखेका डीआईजी अभिकुमार खत्री पहिलो नम्बरमा परेका छन् ।
प्रहरी प्रतिष्ठानमा कार्यरत रहेका उनी महानिरीक्षकलाई समेत जानकारी नदिई २२ दिन विदामा बसेका थिए । उनी विदामा जाँदा कसैलाई पनि जिम्मेवारी नदिई गएका थिए भने नियमित गर्नुपर्ने बरबुझारथ पनि नगरी हिँडेका थिए । खत्री विना सूचना बिदामा बसेपछि महानिरीक्षक अर्यालले उनमाथि विभागीय कारबाही गर्ने तयारी गरेका थिए । खत्रीका करण अरू इमानदार अधिकृतहरूलाई समेत लक्षित गर्दै सशस्त्र प्रहरी मुख्यालयको सचिवालयले विदामा बस्नु पर्ने अवस्था आएमा सबैले नियम मुताविक गर्न सूचना नै जारी गर्नु परेको छ ।
डीआईजी खत्री नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का निकट व्यक्ति हुन् । उनले आफूमाथि विभागीय कारबाही हुने जानकारी पाएपछि त्यसबाट बच्न खडकाकाे शरणमा पुगेका थिए । खड्काले उनलाई कारबाहीको सट्टा राम्रो आम्दानी हुने बाहिनीमा सरुवा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भनेपछि गृहमन्त्री श्रेष्ठले सरुवाको सूची परिवर्तन गर्दै खत्रीलाई रोजेको ठाउँमा पठाएका छन् ।
यसरी मन्त्रीको ठाडो हस्तक्षेपमा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गर्दा विना जानकारी २२ दिन घर विदामा बसेर चेन अफ कमाण्ड उल्लंघन गर्ने खत्रीलाई पुरस्कृत गर्दै लुम्बिनी प्रदेशकाे बाहिनी पठाइएको छ । गृहमन्त्रीको दवावका कारण खत्रीलाई कारबाही गर्न नसकेपछि अन्य अधिकृतहरूले महानिरीक्षक अर्यालमाथि प्रश्न गर्न थालेको छन् । खत्रीलाई कारबाहीको साटो प्रशिक्षण प्रतिष्ठानबाट विन्ध्यवासिनी बाहिनी मुख्यालय लुम्बिनी प्रदेशमा पठाएको छ । प्रतिष्ठानमा २२ दिन विना जानकारी विदामा बसेपनि खत्रीले रक्षामन्त्री खड्कामार्फत र गृहमन्त्रीको आर्शीवाद पाएर आकर्षक र मालदार ठाउँमा पुगेका हुन् ।
उनी साउन महिनाभर अमेरिका घुमेर भर्खर नेपाल आएका थिए । आए लगत्तै उनलाई सशस्त्र मुख्यालयले प्रष्टिकरण सोधेको थियो । उनी सुर्खेतका भएकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको निकट मानिन्छन् । खत्रीलाई गणेश ठाडा मगर र किशोर प्रधानभन्दा माथि राखेर सरुवा गरिएको छ । गृहमन्त्रीको हस्तक्षेपले गर्दा उनीभन्दा सिनियर अधिकृतहरू अहिले मुख्यालयमै हल्लिएर बस्नु परेको छ । खत्रीको स्थानमा कमल गिरीलाई पठाइएको छ । उनी पनि शक्तिको आडमा त्यहाँ गएका हुन् । पूर्वबाट आएको तीन महिनामै उनी त्यहाँ कमाण्ड सम्हाल्न पुगेका हुन् ।
यस्तै सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ । एसएसपीहरु प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिग्विजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
त्यस्तै एसएसपीहरु कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथीभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उदव बहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार