बाँकेका पशुपालक कृषकलाई सुत्केरी भत्ता
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:४६:५
५ भदौ, नेपालगञ्ज । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् ।
जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका 'सुत्केरी' गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा रु तीन हजार र कोहलपुर नगरपालिकामा रु दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन् ।
“यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झन् यसमा आकर्षण बढ्दै गएको छ”, कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भने । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरूलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।
रोकाय भन्छन, “व्यावसायिक पशुपालन गरेका कृषकले बढीमा रु ५० हजारसम्म र साना कृषकले रु दुई हजारदेखि रु १० हजारसम्म लैजानु भएको छ, नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै छन् ।” पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा विसं २०७५ देखि सो कार्यक्रम सुरु भएको जनाइएको छ ।
रोकायले गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि रु १० लाख छ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिँदै यस वर्ष चार सय गाई र भैँसीका लागि रु आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताए । “गत वर्षभन्दा यस वर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भए पनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौँ”, उनले भने ।
जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत वर्ष रु २४ लाख २१ हजार वितरण गरेको जनाएको छ । सो पालिकामा आठ सय सात गाई र भैँसीका लागि सो रकम खर्च भएको हो ।
आव २०७८/७९ मा गाउँपालिकाले चार सय १२ गाई र भैँसीका लागि रु १२ लाख ३६ हजार पशुपालक कृषकलाई सुत्केरी भत्ताका रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडगबहादुर सिंहले जानकारी दिए । “यस वर्षका लागि छलफल चलिरहेको छ, तर टुङ्गोमा पुगेका छैनौँ”, उनले भने । सिंहले यस वर्षका लागि रु ३० लाख बजेट प्रस्ताव भएको समेत जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार