एमसीसी परियोजना रोक्ने वास्तोलाको चेतावनी
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १८:६:२०
५ भदौ, काठमाडौं । भदौ १३ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा जान लागेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी क्रान्तिकारी कम्युनिष्ट पार्टीले दिएको छ । परियोजना अमेरिकाले आफ्नो सैन्य शक्ति विस्तारको योजनामा ल्याइएको उक्त पार्टीको दाबी छ ।
मंगलबार काठमाडौँमा भएको अन्तर्किया कार्यक्रममा उक्त पार्टीका नेता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले एमसीसी कार्यान्वयन रोक्न देशव्यापी विरोध प्रदर्शनसहित संघर्षका कार्यक्रम घोषणा गरे ।
‘अमेरिकाले नेपालमा सैन्य क्याम्प राखेर भारतलाई नियन्त्रणमा राख्ने र चीनलाई ध्वस्त पार्ने गरी एमसीसीलाई इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत एमसीसी आएको छ । यसलाई खारेज गरेर राष्ट्रिय स्वाधीताको रक्षा गर्नुपर्छ’ वास्तोलाले भने । भोलि बुधबार एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने पार्टीले जनाएको छ ।
एमसीसी सम्झौता गर्ने काममा सहयोग गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सोमबार नेपालगञ्जमा उक्त पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । प्रदर्शनका क्रममा आधा दर्जन कार्यकर्ता गिरफ्तार भएका थिए । उनीहरु हिजै रिहा भइसकेका छन् ।
कार्यक्रममा नेता सीपी गजुरेलले एमसीसी परियोजना लागू भए देशमा अमेरिकी सेनाको अखडा बन्ने बताए । विकासको नाममा विदेशी सेना आउन दिने कुरा सह्य नहुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
असोज ५, २०८१ शनिबार