जीतपुरसिमराको फोहोर वीरगन्जमा व्यवस्थापन गर्न पाँच बुँदे सम्झौता
आबिद हुसेन
भदौ ५, २०८० मंगलबार २१:२७:१८
५ भदौ, वीरगन्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रबाट उत्सर्जन हुने फोहोर अब वीरगन्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र 'ल्याण्डफिल्ड साइट' मा विसर्जन गरिने भएको छ ।
फोहोर व्यवस्थापनका लागि मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा जीतपुरसिमराका मेयर राजन पौडेल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ । त्यसवापत जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन फोहोरका लागि कर बाहेक एक हजार ६ सय ५० रुपैयाँ बुझाउनेछ ।
जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गरेको छ । उक्त फोहोर व्यवस्थापनका लागि नगरभित्र उचित ल्याण्डफिल्ड साइट नहुँदा उपमहानगरपालिकाको कार्यालयलाई फोहोर व्यवस्थापन गर्न असहज भईरहेको थियो ।
उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नंबर १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेका थिए ।
दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नंबर ४ र वडा नंबर १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले विकल्प खोजेको हो ।
नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगन्ज महानगरसंग सहकार्यको प्रस्ताव राखेको र उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि दिपक्षीय सम्झौता भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नंबर ४ का अध्यक्ष ईश्वर खत्रीले जीतपुरसिमरामा ल्याण्डफिल्ड साइटको उचित व्यवस्थापन नभएसम्म वीरगन्ज लगिने बताए । उनले अब फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासंगै नगरबासिको समेत भूमिका स्थापित गर्न प्रयास गरिने बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार