किसानलाई बेवास्ता गरे हामी सकिन्छौं : डा. शेखर कोइराला
यज्ञप्रसाद भट्टराई
भदौ ६, २०८० बुधबार १३:१३:२७
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सभासद डा. शेखर कोइरालाले किसानलाई वेवास्ता गर्ने राजनीतिक दलको भविष्य समाप्त हुने बताएका छन् । बुधबार कोइराला निवास विराटनगरमा नेपाल किसान महासंघ कोशी प्रदेशको नव नियुक्त पदाधिकारीहरू र सदस्यहरूको भेटमा उक्त कुरा बताएका हुन ।
वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले सबै भातृ तथा सुबेच्छुक संस्थालाई चलायमान गराउन आवश्यक रहेको बताउँदै नेपाल किसान महासंघले कोशी प्रदेशमा सञ्चालन गरिरहेका गतिविधिहरुलाई आफुले नजिकबाट नियालीरहेको बताउँदै किसानका समस्यामा नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिलाई खरो रुपमा उत्रन निर्देशन समेत दिएका छन् ।
नेपाल कृषि प्रधान मुलुक हो, हामी किसानका नेता हौ, किसानका सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै प्रकारको कम्परमाईज नगर्ने बताउँदै कांग्रेस वरिष्ठ नेता डा. कोइरालाले कोशी प्रदेश तदर्थ समितिलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
भेटमा नेपाल किसान महासंघका कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराईले पार्टीले आफ्ना भातृ संस्थाहरूलाई अझै पनि उचित सहभागिता र चलायमान गराउन नसकेको गुनासो व्यक्त गरेका थिए । भट्टराईले किसानका समस्या सम्बोधन गर्न सक्ने हो भने नेपाली कांग्रेसको संगठन आफै दह्रो हुने भएकोले पार्टीले नेपाल किसान महासंघले उठाएका जायज माग समाधान गराउन पहल गरिदिनु पर्ने धारणा व्यक्त गरेका थिए ।
नेता डा. कोइरालासँगको भेटमा नेपाल किसान महासंघ कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले किसानका सवाल कांग्रेसको सवाल हुनुपर्ने बिचार राखेका थिए । नेपाल किसान महासंघ मोरंग जिल्ला तदर्थ समितिका अध्यक्ष वसन्त हुमागाँईले समिति गठन पश्चात् महांघले मोरंगमा सञ्चालन गरेका विविध गतिविधिहरूका विषयमा जानकारी गराएका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार