माग सम्बोधन भयो, आजदेखि संसद खुल्छ : एमाले प्रमुख सचेतक
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १४:३९:९
६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आजदेखि संसद बैठक चल्न दिने भएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय दलका शीर्षस्थ नेताहरुको बैठकमा सुन तस्करी प्रकरण छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्न सहमति जुटेपछि एमालेले बैठक अवरुद्ध नगर्ने भएको हो ।
बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध पारेर उठाउँदै आइरहेको सुन तस्करी प्रकरणमाथि छानबिन गर्न आयोग गठनको माग पूरा गर्न सरकार तयार भएको र आजदेखि एमालेले संसद बैठक अवरुद्ध गर्ने बताए ।
‘आजको बैठकमा एमालेले उठाउँदै आएको मागमा निकै महत्वपूर्ण उप्लब्धि भएको छ’ उनले भने, ‘सरकार लामो समयपछि माग पूरा गर्न तयार भएको भन्ने रुपमा हामीले बुझेका छौं । अब संसद चल्छ ।’
आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समय संसद अवरुद्ध हुँदा मुलुकमा भएको प्रकृतिक प्रकोप, नागरिकका समस्या र आवाज उठाउन नपाएको भन्दै दलहरुको चर्को आलोचना हुँदै आएको थियो ।
गएको साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेकशुमा लुकाएर तस्करी गरी ल्याइएको साढे ६१ केजी सुनलाई भन्सार विभागले केही तस्करहरुसहित नियन्त्रणमा लिई २ हप्ता भन्दा बढी समय छानबिन गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा दिएको थियो । त्यसमा सीआईबीले तस्करी र संगठित अपराधमा ६० दिनसम्मका लागि अनुसन्धान जारी राखेको छ ।
सोही प्रकरणमा सरकारमा बस्ने व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भन्दै एमालेले आयोग गठनको माग गर्दै साउन १० देखि संसद बैठक अवरुद्ध पार्दै आइरहेको सन्दर्भमा बुधबार एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत राष्ट्रिय दलका शीर्षस्थ नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकले आयोग गठनसहितका विषयमा दुई बुँदे सहमति भएको हो ।
आयोग गठन सीआईबीको जारी अनुसन्धानको ६० दिन अर्थात असोज ४ मा पूरा भएपछि भोलिपल्ट ५ गते गर्ने सहमति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार