दलहरुबीचको सहमतिपछि प्रतिनिधिसभा बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १५:१६:४०
६ भदौ, काठमाडौं । दलहरुबीच सुन तस्करी छानबिनका लागि उच्च स्तरीय आयोग गठन गर्न सहमति जुटेसँगै आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दैछ । केहीबरमै बैठक सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयले आजको बैठकको संभावित कार्यसूची समेत सार्वजनिक गरेको छ । जसअनुसार मन्त्रालय जिम्मेवारी तोकिएको, प्रधानन्यायधीश नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र सुनाउने, एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको सूचना दिने लगायत कार्यसूची रहेका छन् ।
यस्तै, बैठकमा विभिन्न मन्त्रालयबाट विधेयकहरु पेस हुने पनि सचिवालयले जनाएको छ ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थितसदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने लगायत विषय कार्यसूचीमा राखिएको छ ।
सुन तस्करी प्रकरण छानबिन गर्न प्रमुख प्रतिपक्ष एमालेले उठाउँदै आएको उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकार तयार भएपछि एमालेले पनि बैठक अवरुद्ध कार्यबाट पछि हट्ने भएपछि बैठक आज बैठक बस्ने भएको हो । एमालेले गएको साउन १० गतेदेखि अवरद्ध पार्दै आइरहेको थियो । आजको संसद बैठक चल्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार