ललितानिवास जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री भट्टराई र नेपाललाई मुद्दा चलाउन संसद बैठकमा माग
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १७:१४:५८
६ भदौ, काठमाडौं । बुधबार प्रतिनिधिसभाको जारी बैठकमा प्रतिपक्ष दलका सांसदहरुले पूर्वप्रधानमन्त्री डा. बाबुराम भटट्राई र माधवकुमार नेपाललाई सरकारी स्वामित्वको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
एमालेका सांसद योगेश भट्टराईले ललिता निवास जग्गा हिनामिना प्रकरणमा जग्गा खरिदबिक्री गर्ने व्यक्ति र कर्मचारीलाई मात्र पक्राउ गरी कारवाही सुरु गरेको तर जग्गा प्रकरणको सुरुवात हुने गरी मन्त्रिपरिषद बैठकबाट निर्णय गराउने तत्काली प्रधानमन्त्री डा. भट्टराई र नेपाललाई सामान्य तवरले बयान लिएर सरकारी साक्षीको रुपमामात्र खडा गरिएको भन्दै आपत्ति जनाए ।
उनले अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अपराधी, भ्रष्टाचारी र तस्करका नजिक पुग्न लाग्दा सरकारले अधिकारीलाई नै सरुवा गर्ने र सत्ताका नजिक रहेका दोषीलाई जोगाउने काम भएको आरोप लगाए । सीआईबीको अनुसन्धान गर्ने गाडी अपराधी र दोषी नजिक पुग्नै लाग्दा सरकारले गाडी नै रोकेर फर्काउने काम किन गर्छ ?’ उनले प्रश्न गरे, ‘यसो हो भने दोषी सबैलाई सरकारले संरक्षण गर्ने हो ?’
उनले भेप र ब्रेक सुमा लुकाएर तस्करी भएको सुन तस्करीका दोषीलाई पनि सरकारले जोगाउने खेल रचेको आरोप लगाए । उनले सुन तस्करी प्रकरण छानबिन गठनका लागि सरकार तयार भएकोमा खुशी व्यक्त गरे । संसद सुचारु भएकामा उनले सरकारलाई धन्यवाद दिए ।
रास्वपाका सभापति समेत रहेका सांसद रबि लामिछानेले ललिता निवास जग्गा प्रकरण र नक्कली भूटानी शरणार्थीका दोषी सबैलाई कानूनी दायरामा ल्याउन माग गरे । नक्कली भूटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरणमा सरकारले निष्पक्ष अनुसन्धान गर्न नखोजेको भन्दै सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन लागि गठन गरिने भनी भएको सहमति कार्यान्वयन हुनेमा आशंका नरहेको भन्न नसकिने बताए ।
ब्रेक सुका लुकाएर भएको सुन तस्करीमा सरकारलाई पहिल्यै सूचना भएको तर त्यसमा सरकारका मान्छेहरु नसुनेझैं गरेर बसेको सूचना आफूसँग रहेको बताए । साथै उनले सुन तस्करीमा ठूला भनिने पत्रकारको समेत संलग्नता रहेको आधार आफू्रले दिन सकिने बताए । उनले संसद बैठक लामो समय मुख्य दलहरुले जुंगाको लडाईमा बन्धक बनाएको बताए ।
उनले बुबाहरुको मेहनतको बलमा सत्तामा बसेर नवयुवराजहरुले रवाफ देखाउने र जनताका करमाथि लुट मच्चाएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए । ‘बाबुपुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाइरहेका छन्’ उनले भने ।
यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा सरकारले मुख्य दोषी तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भटट्राईलाई मुद्दामा प्रतिवादी नबाउनुका कारण बताउन प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरे । ‘प्रधानमन्त्रीज्यू, दुईवटा कानून बनाउँ, एउटा ठूला मान्छेलाई जस्तोसुकै अपराधमा कारवाही नचल्ने, सानालाई चाहिं चल्ने’ उनले भने, ‘होइन भने उहाँहरुकै निर्णयले जग्गा हिनामिना भएको छ ।’
उनले पोखरामा पृथ्वीनारायण शाहका शालिक तोडफोड गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरे । इतिहास मेटाएर वर्तमान पुस्ताको भविष्य उज्यालो हुन नसक्ने भन्दै वीर पूर्खाको सम्मान गर्न सरकारले नसकेको बताए ।
उनले गाई काट्ने काममा संलग्नलाई पक्राउ गर्न समेत माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार