सेती नदी किनारमा मृत फेला परेकी रमा थापाको हत्या भएको आशंका
३ दिनपछि श्रीमानविरुद्ध प्रहरीमा किटानी जाहेरी
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार ११:५३:११
७ भदौ, काठमाडौं । मंगलबार सेती नदीको तनहुँको भिमादस्थित किनारमा मृत फेला परेकी पोखरा महानगरपालिका–३२ सात मुहाने देउरालीकी रमा थापाको हत्या भएको भन्दै आफन्तले श्रीमान गोपाल थापाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
आइतबार बिहान हराएकी रमा नदी किनारमा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । रमाको शरीरको केही भागमा ब्लेडले चिरेको जस्तो घाउ, टाउकाको पछाडिको भागमा रडले हानेको जस्तो चोट देखिएपछि हत्या भएको माइती पक्षले दाबी गरेका छन् ।
गोपाल विदेशमा बस्दा पठाएको पैसा स्वदेश फर्किएपछि खोजी गरेको र घर खर्च भएको बताउँदा रमालाई कुटपिट गर्ने गरिएको छिमेकीहरुले बताएको माइती पक्षको भनाइ छ । रमाको मृत्यु हत्याबाट भएको भन्दै घटनाको निष्पक्ष छानबिन र गोपाललाई कानूनबमोजम कारवाही हुनुपर्ने उनीहरुको माग छ ।
जाहेरी पक्षका मानिसहरुले पोस्टमार्टमका लागि शव राखिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा प्रदर्शन गरेका थिए । आज पनि प्रदर्शन जारी राखेका छन् । गोपाललाई पक्राउ गरी घटनाको न्यायिक छानबिन नभएसम्म शव पोष्टमार्टम गर्न नदिने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार