प्रचण्ड र माधव नेपालहरु नेपाली जनतालाई नुवाकोटमा गोरु जुधाएजस्तो जुधाएर ताली बजाइरहेका छनः ओली
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १६:३१:३५
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालमाथि साम्प्रदायिक हिंसा भड्काइरहेको गम्भीर आरोप लगाएका हुन् । कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप छ ।
कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उनले उल्लेख गरे । द्वन्द्व भड्काउनका लागि प्रचण्ड र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरेको भन्दै ओलीले एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।
उनले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल हुन् । नुवाकोटमा हुन्छ एउटा साढे जुधाउने भन्ने खेल । ती साँढेको केही दुश्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् ।’
अध्यक्ष ओलीले सरकारले ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर सुन तस्करीमा आफै संलग्न रहेको प्रमाणित गरेको बताए । सुन नियन्त्रणमा लिने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएको स्थानबाट अन्य व्यक्तिहरूलाई भगाउन सरकार लागेको उनले बताए ।
उनले भने, ‘एक क्विन्टल सुन तस्कर परेको थियो, ट्याक्सीमा । एयरपोर्टमा होइन बाहिर । ल्याउने, लाने गरेको ड्राइभर साथैमा छ । मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीमा छ । राजस्व अनुसन्धान विभागमा पुर्याएर एक क्विन्टल सुनसहित पक्राउ परेका अभियुक्तहरू लगेर फेरि खोजीका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ भने । त्यसरी दुई जनालाई पठाए । अनुसन्धान भनेको त्यस्तै हुन्छ ?’
सुन तस्करी प्रकरणलाई लुकाउन गिरीबन्धु टी स्टेटमा आफ्नो संलग्नता हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको ओलीले बताए । सय केजी ६१ मा झरेको र यति मजाक गरिरहन, भ्रष्टाचारको यस कुरालाई लुकाउन गिरीबन्धु टी स्टेट खायो केपीले भने । झापामा गिरीबन्धु काे हो, मेरो होइन, मैले के गर्नु त, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार